धनगढी । कञ्चनपुरमा प्रहरीले २३ लाख ८ हजार ७९६ बराबरका अवैध भन्सार छलीका सामानसहित ४ जनालाई पक्राउ गरेको छ ।
सोमबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
भीमदत्त नगरपालिका-१६ मझगाउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.९ लाख १२ हजार ५९६ बराबरका ५ थान IPHONE मोवाईलसहित दोधरा चाँदनी नगरपालिका-९ बस्ने २६ वर्षीय गौतम जोशीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,बेलौरी नगरपालिका-६ भुराकोटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१३ लाख ९६ हजार २०० बराबरको ९ बोरा चिनी, २७ बोरा खर्भुजाको बीउ र २ थान साइकलसहित भारत लखिमपुर कमलापुर बस्ने ३२ वर्षीय शिवानन्द शर्मा, सोही ठाउँ बस्ने ३० वर्षीय वाहिद अली र कञ्चनपुरको बेलौरी नगरपालिका-४ बस्ने २० वर्षीय कैलाश जोशीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।






















