धनगढी । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनका लागि यही असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने भएको छ ।
सोहीअनुसार कैलालीमा पनि असोज १५ गतेदेखि हुने वडा अधिवेशनबारे आज धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै इतर समूहका केन्द्रीय सदस्य नृपबहादुर वडले वडा अधिवेशनको तयारी तीब्र पारिएको बताए ।
उनले वडा अधिवेशनका लागि विभिन्न क्षेत्र,प्रदेश र पालिकामा संयोजकहरु तोकिसकिएको बताए ।
उनका अनुसार कैलाली क्षेत्र नं. १ को संयोजकमा भुवन अधिकारी,सोही क्षेत्रको टीकापुर नगरपालिका संयोजकमा झपटबहादुर बुढा,जोशीपुर गाउँपालिका संयोजकमा ब्रिदीराम चौधरी,क्षेत्र नं. २ को संयोजकमा रामबहादुर बिष्ट,लम्कीचुहा नगर संयोजकमा गोविन्द बिष्ट,मोहन्याल गाउँपालिका संयोजकमा पिरम बुढा र बर्दगोरिया गाउँपालिका संयोजकको जिम्मेवारी प्रमोद मल्ल दिइएको छ ।
त्यस्तै, क्षेत्र नं. ३ को संयोजकमा रीता चौधरी,घोडाघोडी नगर संयोजकमा चन्द्रकुमार चौधरी,कैलारी गाउँपालिका संयोजकमा अशोककुमार चौधरी,भजनी नगर संयोजकमा श्रीपाल चौधरी,क्षेत्र नं. ४ को संयोजकमा यज्ञनिधि कोइराला,गोदावरी नगर संयोजकमा वीरबहादुर चोखाल,गौरीगंगा नगर संयोजकमा पहलविक्रम चन्द र चुरे गाउँपालिका संयोजकमा डवल खडायतलाई जिम्मेवारी दिइएको उनले बताए ।
त्यस्तै, क्षेत्र नं. ५ को संयोजकमा यज्ञराज उपाध्याय,प्रदेश ‘क’को संयोजकमा दिनेश खत्री र प्रदेश ‘ख’को संयोजकको जिम्मेवारी मया भण्डारीलाई दिइएको उनले जानकारी दिए ।
पार्टी संस्थापन समूहले जिल्लामा असोज ३ गतेबाट वडा अधिवेशन गरेको थियो ।
पार्टी संस्थापन समूहले मंसिर १६–१९ गते १५औं महाधिवेशन गर्ने मिति तय गरेको छ । तर इतर समूहले मंसिर २१–२३ गतेका लागि मिति तोकेको छ ।
















