काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ३ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य एक सय १५ रूपैयाँले घटेको छ । आज चाँदी ४ हजार तीन सय ९५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो ।
















