धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप लगाएका छन्।
धनगढी उपमहानगरपालिकामा २०८३ असोज ८ गतेदेखि असोज २२ गतेसम्म ३० वर्ष उमेर पूरा भएका नागरिकलाई लक्षित गरी जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ।
असोज १३ गते नगरप्रमुख हमालले पनि जेईविरुद्धको खोप लगाउँदै सम्पूर्ण नगरवासीलाई आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेका छन्।
नगरप्रमुख हमालले जापानिज इन्सेफलाइटिसबाट सुरक्षित रहन अभियानमा सहभागी भई अनिवार्य रूपमा खोप लगाउन नगरवासीलाई अनुरोध गरेका हुन्।
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
















