धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बेदकोट नगरपालिका-७ हजाराबाट सोही ठाउँ बस्ने ४० वर्षीय हरिश साउँद रहेको प्रहरीले जनाएको छ ।
साउँदले अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.३ लाख ५ हजार ६ सय बराबरको नरिवल पाउडर, मिल्क केक, मिठाई, सोन पापडी, नमकिन, प्लाष्टिक झोला, रब्बरको कट्टा, रसभरी मिठाई, पूजा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो आवश्यक प्रक्रिया पूरा गरी उक्त सामान सहित निजलाई नियन्त्रणमा लिएको जनाएको छ ।













