धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-२ स्थित त्रिनगर ब्यारेलबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका-५ का ३१ वर्षीय टंकराज भट्ट र २६ वर्षीय खगेन्द्र नाथ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ३ ग्राम ९६ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला पारेको जनाएको छ ।
उक्त पदार्थसहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

















