धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाजुराको खप्तडछेडेदह गाउँपालिका-७ निवासी १९ वर्षीय रोहित नेपालीसहित दुई जना रहेका छन् ।
मंगलबार साँझ बसपार्क क्षेत्रमा लागूऔषध सेवन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ६० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको हो।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



















