कैलाली ।सुदूरपश्चिम महोत्सव २०८३ यही मङ्सिर २२ गतेदेखि सुरु हुने भएको छ। प्रदेशको पर्यटन, कृषि, उद्योग तथा व्यापारको विकास र विस्तार गर्ने उद्देश्यले सो महोत्सव सुरु हुने भएको हाे । महोत्सव मङ्सिर २२ गते सुरु भई पुष १ गते सम्म सञ्जालमा रहने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए । महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा आयोजना हुने जानकारी दिए । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन तथा व्यवसाय प्रवर्द्धनलाई प्राथमिकता दिने जनाएको छ।महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २५ वटा उपसमिति गठन गरी आवश्यक तयारी गरिएको छ। सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिँदै महोत्सव स्थलमा आधुनिक सीसीटीभी क्यामेरामार्फत निरन्तर निगरानी गरिने तथा निजी र सरकारी सुरक्षा निकायको जनशक्ति परिचालन गरिने आयोजकले जनाएको छ।
सुदूरपश्चिम महोत्सव स्थानीय उत्पादनको बजारीकरण, महिला उद्यमशीलता प्रवर्द्धन, पर्यटन विकास, रोजगारी सिर्जना तथा प्रदेशको कला, संस्कृति र पहिचान संरक्षण गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास आयोजकले लिएको छ।
महोत्सव सफल बनाउन राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, विद्यार्थी, नागरिक समाज तथा सुदूरपश्चिमवासीलाई सक्रिय सहभागिताका लागि कैलाली उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
सुदूरपश्चिम महोत्सव मङ्सिर२२ देखि सुरु हुँदै
सुदूरपश्चिम महोत्सव मङ्सिर२२ देखि सुरु हुँदै
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार



























