• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, मङि्सर ०५, २०८३
☰
शनिबार, मङि्सर ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • ३ दिन 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • २. नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको उम्मेदवारी घोषणा

  • ३. धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले १० लाख अनुदान दिने

  • ४. कैलालीका एसपी नरेन्द्र चन्द ‘पुलिस अफ द मन्थ’बाट सम्मानित

  • ५. दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

  • ६. जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ : नेता नैनसिंह महर

  • ७. सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

  • ८. सुदूरपश्चिममा एक महिनामा २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु

  • ९. खाद्य कम्पनीद्वारा कैलालीमा २ हजार ७५ क्विन्टल धान खरिद

  • १०. सुदूरपश्चिम महोत्सव मङ्सिर२२ देखि सुरु हुँदै

धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने

  •   शनिबार, मङि्सर ०५, २०८३ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ग्रासरुट फुटबल विकास कार्यक्रमको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । यस वर्ष कार्यक्रममार्फत करिब पाँच हजार बालबालिका तथा किशोर–किशोरीलाई फुटबल प्रशिक्षण दिने लक्ष्य राखिएको छ ।

धनगढी रंगशालामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कार्यक्रमको उद्घाटन गरे । उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले ग्रासरुट फुटबल कार्यक्रमले स्थानीयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले लियोनल मेस्सी र किलियन एम्बाप्पेजस्ता अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने सपना स्थानीय तहबाटै देख्नु र त्यसका लागि प्रयास थाल्नु सकारात्मक भएको बताए । खेल क्षेत्रको विकासका लागि सबै तहका सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले यस वर्ष करिब पाँच हजार बालबालिका तथा किशोर–किशोरीलाई फुटबल प्रशिक्षण दिने लक्ष्य रहेको बताए । धनगढीमा फुटबल र क्रिकेटप्रति युवापुस्ताको आकर्षण बढ्दै गएकाले त्यसलाई व्यवस्थित गर्दै नयाँ प्रतिभा पहिचान र विकास गर्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

‘फुटबल र क्रिकेटको क्रेज निकै बढेको छ । यही कुरालाई मध्यनजर गर्दै पहिले ग्रासरुट क्रिकेट र त्यसपछि फुटबल कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भने, ‘यो फुटबलको विकाससँगै बालबालिकालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्ने एउटा माध्यम पनि हो ।’

उपप्रमुख कन्दकला कुमारी रानाले उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको बताइन् । स्थानीयस्तरमा नयाँ खेल प्रतिभाको खोजी र विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ थियो ।

धनगढी उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँगको सहकार्यमा विगत दुई वर्षदेखि ग्रासरुट फुटबल विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष धनगढी रंगशालासहित १६ स्थानमा प्रशिक्षण सञ्चालन भइरहेको उपमहानगरपालिकाले जनाएको छ । विभिन्न वडामा खेलमैदानको व्यवस्थापन गरी बालबालिका तथा किशोर–किशोरीलाई नियमित प्रशिक्षणको अवसर उपलब्ध गराइएको छ ।

ग्रासरुट कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि फुटबलप्रति आकर्षित गर्नुका साथै अनुशासन, सामूहिक भावना र स्वस्थ जीवनशैली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । खेलकुदमा उनीहरूको सहभागिता बढाएर लागुऔषध दुर्व्यसन तथा अन्य सामाजिक विकृतिबाट टाढा राख्नसमेत कार्यक्रमले मद्दत गर्ने उपमहानगरपालिकाको विश्वास छ ।

प्रशिक्षणमा सहभागी बालबालिकामध्ये कतिपयको सपना राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बन्ने छ । उनीहरूका लागि ग्रासरुट कार्यक्रम फुटबल सिक्ने अवसरसँगै आफ्नो सपना पूरा गर्ने यात्राको सुरुवात बनेको छ ।

  • ग्रासरुट फुटबल
शनिबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम एनपीएलको च्याम्पियन
धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन
धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै
विस्तृत शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र थिएन : प्रचण्ड
आजको मौसम पूर्वानुमान
तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

समाचार

सबै

सुदूरपश्चिम एनपीएलको च्याम्पियन

धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन

धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने

धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै

सुदूरपश्चिम एनपीएलको च्याम्पियन

धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम उद्घाटन

धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने

धनगढीमा दुईदिने सुदूरपश्चिम साहित्य महोत्सव आयोजना हुँदै

विशेष

सबै
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • ३ दिन 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ४ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ महिना 

  • १.
    सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • २.
    नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको

  • ३.
    धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले

  • ४.
    कैलालीका एसपी नरेन्द्र चन्द ‘पुलिस अफ द

  • ५.
    दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८

  • ६.
    जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.