• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

पसल–पसलमा बुङ्गली सुन्तला

  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित

बझाङ- मङ्सिर–पुस महिना सुन्तलाको ‘सिजन’ नै हो। ग्रामीण भेगमा राताम्य देखिने सुन्तला हिजोआज बजार केन्द्रित छन्। समशितोष्ण हावापानीमा उत्पादन हुने सुन्तला अहिले पहाड तथा तराईका बजारमा जताततै भेटिन्छ। त्यसैमध्येको एक हो बुङ्गली सुन्तला।

जिल्लाको बुङ्गल नगरपालिका अहिले सुन्तलाले प्रख्यात् छ। बुङ्गलमा सुन्तला नफल्ने कुनै वडा छैन। उत्पादन भएको सुन्तलाले नजिकको बजार पाउँदैन। रूखबाटै टिपेर व्यवसायी सिधैँ सदरमुकाम पुर्‍याउँछन्, बजारभरि सुन्तला फैलन्छ र बेचिन्छ।

बुङ्गल –७ का पदम बोहराको बारीमा सुन्तलाका ११ बोट छन्। हरेक वर्ष फल्ने सुन्तलाले लगानीअनुसारको पर्याप्त फल दिइरहेको छ। रोपेको दुई वर्षमै फल्न सुरु गरेको सुन्तला अहिले ढकमक्कै भएको छ। ‘गत वर्ष त झण्डै आठ–दश क्विन्टल बराबर सुन्तला फलेको थियो’, उनले भने, ‘आधा बिजगडा, बागथला, देउरा, देउलेख, झोतालगायतका स्थानीय बजारमा बेचेँ। धेरै दिन जान नपाएको हुँदा कतै पाहुना, छरछिमेकीले खाए त कति बारीमै सडे।’

किसान बोहराका अनुसार यस वर्ष भने उनको बारीमा झण्डै पाँच क्विन्टलमात्रै सुन्तला उत्पादन भयो। ‘यसपटक सबै बेचेँ। खर्च काटेर रु ६०–६५ हजार जति फाइदा भयो’, उनले भने। साविकको कृषि विकास कार्यालयबाट प्राप्त भएको सुन्तलाको बोटबाट बर्सेनि फाइदा भइरहेको उनले सुनाए। ‘दुईवटा गरा ९बारी० मा सुन्तला लगाएको छु। त्यसैले वर्षभरि नै खानलाई पुगेको छ। सुन्तला रोप्नुभन्दा अगाडि दुई डालो पनि गहुँ हुँदैनथ्यो।’

बुङ्गलमा पदम मात्रै होइनन्, हरेक गाउँमा सुन्तला खेती गर्ने कृषक छन्। वडा नं ६ का दिनेश धामीले सुन्तला फलाउन लागेको एक दशकभन्दा बढी भइसक्यो। सुरुमा एउटै बोटबाट दुई–तीन डोका बराबर सुन्तला फलाउने धामी अहिले दर्जन क्विन्टलभन्दा बढी सुन्तला फलाउँछन्। ‘पहिले घरमा पुरानै बोट थियो। त्योबाट उत्पादन भएको सबै घरमा खाने, छिमेकीलाई बाँड्ने गरिन्थ्यो। अहिले भने १५–१६ बोट छन्। सबै फल्छन्। बजारमा बेच्न जान्छौँ। वार्षिक एक लाखभन्दा बढी नाफा हुन्छ’, उनले भने।

बुङ्गल–६ थन्काँडाकी दुर्गादेवी देवारले सदरमुकाम चैनपुरमा होटल सुरु गरेको १२ वर्ष भयो। त्यस अवधिभर देवारले दर्जनौँ ट्रक सुन्तला बुङ्गलबाट ल्याएर बेचे। पाँच वर्षयता मात्रै देवारले सिजनअनुसार बर्सेनि ३० देखि ४० क्विन्टल बुङ्गली सुन्तला बेचिरहेको बताए।

सुन्तलाको व्यवसायबाट धेरै फाइदा नभए पनि घर खर्च चल्ने गरेको उनको भनाइ छ। ‘गएको हप्ता बुङ्गल नगरपालिका–५, ६ र ९ बाट २०–२२ क्विन्टल सुन्तला ल्याएका थियौँ’, उनले भने, ‘बुङ्गलको सुन्तला अन्य जिल्लामा पठाउँदा बढी खर्चिलो हुन्छ। कृषकसँग सम्पर्क गरेर हामी सदरमुकाममा ल्याउँछौँ। यता बजार पनि बुझेको हुँदा बेच्न पनि सजिलो हुन्छ।’

किसान देवारका अनुसार बुङ्गलमा रूखबाटै ल्याउँदा पनि सुन्तलाको प्रतिकेजी सय रुपैयाँ पर्छ। बुङ्गलबाट चैनपुर पुर्‍याउनसम्म रु एक सय ३० पर्छ। त्यसमा रु २० नाफा राखेर रु एक सय ५० प्रतिकिलो बिक्री गर्ने गरेको उनले बताए।

उनले सन्तानलाई गुणस्तरीय शिक्षा दिनका लागि सदरमुकाममा होटल सुरु गरेर छोराछोरी विद्यालयमा भर्ना गरेका थिए। सात जना सदस्य रहेको देवारका अहिले दुई निजी र तीन सन्तान सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन्। छोराछोरी पढाउनकै लागि होटलसहित सिजनअनुसार तरकारी तथा फलफूलको व्यापार गरिरहेको उनका श्रीमान् महेशले बताए।

पालिकाको प्राथमिकतामा कृषि

बुङ्गलमा कृषकलाई व्यावसायिक बनाउन अनुदानका कार्यक्रम ल्याएको नगरपालिका उपप्रमुख धनबहादुर बोहराले बताए। उनले भने, ‘कृषकलाई व्यावसायिक बनाउन हामीले फलफूल, तरकारी तथा रैथाने बाली उत्पादनका लागि सहयोग गरिरहेका छौँ।’ उनले कृषकलाई बीउ तथा बेर्नासहित अनुदानसमेत सहयोग गरिरहेको बताए।

उनका अनुसार पालिकाको प्राथमिकता पनि कृषिमा नै छ। ‘कृषिमा आत्मनिर्भर हुनसक्यो भने हामी सबैतिर परिपक्व हुन्छौँ’, उनले भने, ‘नेपालले कृषि प्रधान देश बनाउन आफैँबाट सुरु गर्नुपर्छ भन्दै कृषिमा बढी लगानी गरेका हौँ।’

जिल्लाका तल्कोट, बुङ्गल, छविसपाथिभेरा, दुर्गाथलीलगायतका पालिकामा यस वर्ष मात्रै झन्डै पाँच सय क्विन्टल सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टका अनुसार सबैभन्दा बढी सुन्तला बुङ्गलमा फलेको छ भने त्यसपछि तल्कोटमा फलेको छ।

सुन्तला धेरै उत्पादन नभएको हुँदा बाहिरी जिल्ला निर्यात नगरेको उनले बताए। उनले भने, ‘सुन्तला उत्पादन धेरै छैन, ढुवानीका लागि कृषकलाई गत वर्ष रु ७० हजार र यस वर्ष रु ३० हजार ढुवानी खर्च दिएका छौँ। उहाँहरूले जिल्लामै बिक्री गर्नुहुन्छ।’ उनका अनुसार सुन्तला उत्पादन भए जति सबै जिल्लामै खपत भइरहेको छ।

  • बुङ्गली सुन्तला
आइतबार, पुष १०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

समाचार

सबै

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.