काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चितवन पुगेका छन् । उनी नारायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न चितवन पुगेका हुन् ।
काठमाडौंबाट भरतपुर विमानस्थलमा जहाजबाट ओर्लेपछि उनलाई समर्थक तथा शुभेच्छुकले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।













