• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

छाडा पशु चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

कैलाली ।  टीकापुर नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा खेतीपाती र भूमि जोगाउन स्थानीयवासीले काडेतार लगाउन थालेका छन् । छाडा पशुले बाली नष्ट गर्न थालेपछि टीकापुर –७ कालाकुण्डास्थित सीमा क्षेत्रमा स्थानीय काडेतार लगाउन थालेका हुन् । नागरिक छाडा पशु चौपायाका कारण बाली जोगाउन नसक्दा दिक्क छन् ।

छाडा पशु चौपायाले किसानको बालीनाली नष्ट गरिदिने भएकाले किसानलाई खेती स्याहार्न कठिन हुन थालेको छ । यो समस्या नेपाल–भारत सीमा क्षेत्रका किसानलाई अझ बढी छ । सीमा क्षेत्रमा नेपाल र भारत गरी दुवै क्षेत्रका पशुले बाली नोक्सान गर्न थालेपछि टीकापुर–७ का किसानले तारबार लगाउन थालेको बताएका छन् ।

छाडा पशुले बाली नोक्सान गरेर समस्या भएपछि स्थानीय मिलेर बाली जोगाउन सामूहिकरूपमा काडेतार लगाउन थालेका छन् । स्थानीय भिउराज साउदले बताए । “हामीले खेती नगरे छाक टार्न गाह्रो, खेती गरेमा नेपालका र भारतबाट आएका वस्तुभाउले खेती नष्ट गरिदिन थाले”, उनले भने, “तारबार नगरेर खेती जोगाउन नसकिने भयो, अर्कोतर्फ तारबार गर्दा जमिन समेत संरक्षण हुने भयो ।”

लगाएको बाली भारतीय जङ्गलबाट आउने छाडा गाइगोरु तथा जङ्गली जनावरले खाएर नोक्सान गर्न थालेपछि काडेतार लगाउनुपरेको स्थानीयवासी बताउँछन् । “हामीले आफैँले रकम उठाइ श्रमदानबाट सीमा क्षेत्रमा करिब पाँच सय मिटर जमिनमा काडेतार लगाउन थालेका छौँ”, साउद भन्छन्, “प्रत्येक किसानबाट रु पाँच सयका दरले रु एक लाख ५० हजार सङ्कलन गरी काडेतार लगाउन थालेका छौँ ।”

स्थानीयवासीले काडेतार लगाउनुअघि स्थानीय सरकारसँग छलफल गरेका थिए । सरकारले सहयोग गर्ने आश्वासन पाएपछि तारबार गर्न सुरु गरेको बताएका छन् । स्थानीयवासीसँग उठाएको रकमले काम अधुरो हुने भएकाले नगरपालिकासँग सहयोग मागेको हिरासिंह साउदको भनाइ छ । “हामीले सकेको रकम उठायौँ, बाँकी रकम टीकापुर नगरपालिकाले व्यहोर्ने आश्वासन पाएका छौँ”, उनि भन्छन्, “हामीले जमिन संरक्षण सुरु ग¥यौँ, अब पालिकालाई पनि दबाब होस् र बाली र भूमि संरक्षणमा सहयोग पुग्ने अपेक्षा छ ।”

सीमा क्षेत्रमा रहेको जमिन आधा जमिन नेपाली किसानले खेती गर्ने गरेका छन् भने आधा जमिन भारतीयले लिजमा लिएका छन् । कतिपय किसानको जमिन भारतीयले खेती गर्ने तर उत्पादन नदिने खालका समस्या भएकाले तारबार आवश्यक भएको मदन साउद बताउछन् । “यहाँ खेती गर्न नसक्ने किसानले भारतीय नागरिकलाई लिजमा दिएका छन्”, उनि भन्छन्, “वर्षौँसम्म लिजमा खेती गरेका भारतीयले विस्तारै आम्दानी नपाएका नेपाली जग्गाधनी पनि छन् ।”

सीमा क्षेत्रमा रहेका जमिनमा नेपाली गाईवस्तु र भारतीय मुलुकका गाईवस्तुसमेत सीमामा ल्याएर छाडिदिने गरेका छन् । गाईवस्तुले खेती जोगाउन समस्या भएपछि स्थानीयवासीले वडा कार्यालयसँगको समन्वयमा रकम सङ्कलन गरी तारबार लगाउन थालेका वडाध्यक्ष यज्ञराज न्यौपाने बताउछन् । “यहाँ निकै समस्या छ । पाँच सय बिघा बढी जमिनमा तारबार लगाउनुपर्ने देखिन्छ । अन्य क्षेत्रमा तटबन्ध गरिएकाले त्यहाँ सुरक्षित छ”, उनले भने, “खेती जोगाउन तारबार आवश्यक भएकाले हामीले सक्दो सहयोग रहन्छ भनेका छौँ । यो कार्यले बाली जोगिने र भूमिसमेत संरक्षण हुन्छ ।”

वडाध्यक्ष न्यौपाने यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग समेत छलफल भएकाले स्थानीयवासीले तारबार लगाउन थालेका बताउछन् । “सीमामा बस्ने नागरिकका थुप्रै समस्या छन्, एकातिर बाढीको जोखिम, अर्कातिर छाडा पशुले बाली नोक्सान गर्ने”, उनि भन्छन्, “तारबारले नेपाली भू–भागको समेत संरक्षण हुनेछ ।” रासस

  • पशु चौपाया
आइतबार, पुष १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.