धनगढी- सुदूर पश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाई वाई एसइई आइडलको आजबाट सुरु भएको छ । आइडलको उद्घाटन कार्यक्रम हिल वर्ड ई। बो। स्कुलको संयोजनमा आज धनगढीको बुद्ध मन्दिरमा सम्पन्न भएको छ । कार्यक्रमका सञ्चालक गुणाकर पनेरुले गरेका थिए ।
सुदूर पश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ वटा अडिसनहरू वि.सं. २०८० को ज्येष्ठ महिनासम्म सुपका ९ जिल्लामा आयोजना हुनेछन् । अडिसनमा सहभागी नृत्यहरू मध्ये उत्कृष्ट २० र गायन प्रस्तुति मध्ये उत्कृष्ट १० प्रस्तुतिलाई २०८० असार २ मा धनगढीमा हुने फाईनलमा समावेश गरिनेछ ।
नृत्य तर्फको विजेता र उप-विजेताले नगद पुरस्कार क्रमश: रु ५० हजार र रु २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछन् भने गायन तर्फको विजेता र उप-विजेताले नगद पुरस्कार क्रमश रु २ हजार रु।
१० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पाउनेछन् । साथै दुवै विधाका विजेता र उप९विजेताहरूले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् । यस प्रतियोगितालाई सुदूरपश्चिम एकेडेमी र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ ।















