काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक पुस भोलि र पर्सि बस्ने भएको छ ।
बैठकबाट पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्यूनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरूमा निर्णय हुनेछ ।
ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने बैठक भोलि बिहान ११ बजे सुरु हुनेछ ।













