धनगढी – कैलालीका तीन जनाको सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । कामको शिलशिलामा भारत बस्दै आएका कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीनजनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ का वडा अध्यक्ष डबलबहादुर दियाकोटीले बताए ।
भारतको उत्तर प्रदेशको मेरठमा रोजगारी गर्दै आएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । कोठामा कोइला बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षिया छोरीको मृत्यु भएको वडा अध्यक्ष दियाकोटीले बताए ।
बन्द कोठामा कोइला बालेर सुतेका उनीहरुको निसासिएर मृत्यु भएको बताइएको छ ।













