धनगढी– धनगढी उपमहानगरपालिकाको नवौं अधिवेशन (नगर सभा) पुष २५ गते आह्वान गरिएको छ। उपमहानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नवौ अधिवेशन पुष २५ गते दिनको २ बजेका लागि आह्वान गरेको हो । उपमहानगरपालिकाको सभाहलमा हुने सो अधिवेशनमा उपस्थित भइदिन नगर सभा उपाध्यक्ष, सदस्यहरूलाई अनुरोध गरिएको छ ।
‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ९२० र नगर सभा सञ्चालन ऐन २०७५ को दफा ३ ९१ण् बमोजिम आव्हान गरिएको अधिवेशनमा उपस्थित भई दिन हुन आदेशानुसार अनुरोध छ,’ उपमहानगरपालिकाद्धारा जारी सूचनामा भनिएको छ।
नवौ अधिवेशनमा विभिन्न विधेयकहरू पारित गर्ने, महालेखा परीक्षकको कार्यालयबाट प्राप्त लेखापरीक्षण प्रतिवेदन पेश गर्ने, लेखा समितिको प्रतिवेदन पेश गर्ने, चालु आर्थिक वर्षको मध्यावधि समीक्षा, सभाबाट अनुमोदन गर्नुपर्ने भनी कार्यपालिकाबाट स्वीकृत भएका विषयहरू तथा विविध प्रस्तावहरू सभामा पेश गरिने छ।













