दोलखा- दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–१ गैरीमुदीमा ट्रकले किचेर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय विक्रम तामाङ रहेको प्रहरीले जनाएको छ ।
निर्माण सामग्री बोकेको बा ३ ख ८८०७ नम्बरको ट्रकले किच्दा तामाङको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
स्थानीय जलेश्वर मन्दिर जाने सिँढी निर्माण गर्न ल्याइएको निर्माण सामग्री बोकेको ट्रक अफ्ठ्यारो बाटोमा पछाडि सर्ने क्रममा तामाङलाई ठक्कर दिएर किचेको हो । मृतक तामाङ सिँढी निर्माण उपभोक्ता समितिमा रहेर काम गरिरहेका थिए ।













