• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

अस्पताल निर्माणमा वडा बाधक

  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित

बैतडी- बैतडीमा अस्पताल स्थापना गर्ने ठाउँबारे स्थानीयबीच विवाद हुँदा मेलौली नगरपालिकामा विगत ९ वर्षदेखि १५ शय्याको अस्पताल अलपत्र बनेको छ। मेलौली नगरपालिका–७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गरी १५ शय्याको अस्पताल निर्माणका लागि २०७० सालमै निर्णय भएको हो तर अस्पताल आआफ्नो वडामा राख्ने भन्दै मेलौली–१ र ७ वडाबासी बीचको विवाद उत्कर्षमा पुगेको छ।

सरकारी नीति अनुसार १५ शय्याको अस्पतालका लागि १५ रोपनी जग्गा आवश्यक पर्छ। केशरपुर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले २०७० देखि अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा पटक–पटक खोजी गरिरहेको थियो। कसैले पनि जग्गा दिन इच्छा देखाएनन्।

मेलौली नगरपालिका–१ का बिट्ठेनामा १५ रोपनी जग्गा उपलब्ध गराए। बिट्ठेनाबासीले जग्गा उपलब्ध गराएकाले अस्पताल निर्माण गर्ने प्रक्रिया अघि बढाइयो। मेलौली–७ केशरपुरका बासिन्दाले त्यसको विरोध गर्दैै २०७१ वैशाखमा १५ रोपनी जग्गा दान गरे ।

विवादकाबीच न मेलौली नगरपालिका–१ को बिट्ठेनामा अस्पताल निर्माणको प्रक्रिया अघि बढ्यो न केशरपुर स्वस्थ्य केन्द्रमै। दुवै ठाउँबाट सोही प्रयोजनका लागि जग्गा दान भइसकेपछि उल्झन सुरु हुँदै गयो। २०७१ देखि जिवाद सुरु भएको २०७४ सालसम्म विवाद कायमै रहेपछि २०७४ फागुनमा स्वास्थ्य मन्त्रालयबाट उक्त बजेट तथा बन्ने भनिएको १५ शय्याको अस्पतालको योजना नै कटौती भयो।

त्यसपछि तत्कालिन (अहिले निवर्तमान) नगर प्रमुख कृष्ण सिंह नायकले स्वास्थ्य मन्त्रालयको योजना शाखामा योजना कटौतीको विषयमा बुझे। जग्गा विवादकै कारण उक्त योजना कटौती भएको योजना शाखाबाट जानकारी भयो। त्यसपछि स्वाथ्य मन्त्रालयले पनि अन्तिम मौकाका रूपमा कार्यपालिकाबाट स्थान छनोट गरी अस्पताल बनाउने निर्णय गर्‍यो।

तत्कालीन नगर प्रमुख कृष्णसिंह नायकका अनुसार २०७४ सालको चैत २१ गते र २२ गते नगरपालिकाको पूर्ण बैठकबाट बृहत् छलफल गरी मेलौली नगरपालिका–१ को बिट्ठेना मै १५ शय्याको अस्पताल निर्माण गर्ने र केशरपुर स्वास्थ्य केन्द्रमा नगरपालिकाबाट एक करोड बजेट विनियोजन गरी थप संरचना निर्माण गर्ने गरी सहमति भयो। उक्त कार्यपालिका बैठकको निर्णय स्वास्थ्य मन्त्रालयमा पेस गरी बिट्ठेनामै अस्पताल निर्माणको प्रक्रिया सुरु गर्ने तयारी भयो।

यतिमात्रै होइन स्वास्थ्य मन्त्रालयले २०७८ पुस २० गते बिट्ठेनामै अस्पताल निर्माणको लागि डीपीआर बनाउन समेत पत्राचार गर्‍यो। मेलौली १ को बिट्ठेनामा अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले डिपिआर स्वीकृत गरी टेन्डरसमेत खोल्न नगरपालिकालाई पत्राचार गरिसकेको छ।

नेपाल हेल्थ सेक्टर सर्पोट पोग्राम ९एनएचएसएसपी०ले डीपीआर पनि तयार पारेको छ तर अस्पताल निर्माणको लागि टेन्डर आह्वान हुन सकेको छैन। दुवै पक्षको विवादका कारण टेन्डर आह्वान गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।

तत्कालीन समयमा स्थलगत अनुगमन गरेको नापी कार्यालय, सहरी विकास तथा भवन डिभिजन कार्यालय र जिल्ला मालपोत कार्यालय बैतडीको संयुक्त प्राविधिक टोलीले गरेको अनुगमनमा केशरपुर स्वास्थ्य केन्द्रमै १५ शय्याको अस्पताल बन्नुपर्ने आधारसहित तयार पारेको प्राविधिक प्रतिवेदनमा उल्लेख गरिएको वडा नं ७ बासीकोदावी छ।

उक्त प्राविधिक प्रतिवेदनमा बजार क्षेत्रको पहुँच, खानेपानीको व्यवस्था, सडक पूर्वाधारले छोएको लगायतका आधारमा केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल बन्नुपर्ने भए पनि नगरपालिकाले निर्णय गर्दा उक्त प्राविधिक प्रतिवेदनको वास्ता नगरेको वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले बताए। सोही दाबीसहित वडा नं ७ बासीले बेलाबेला नगरपालिकालाई ध्यानाकार्षणसहित पालिकालाई ज्ञापनपत्र बुझाइरहेका हुन्।

बिट्ठेनाका स्थानीयले अघि नै जग्गादान गरेको र प्रक्रियासमेत अगाडि बढीसकेकाले नगरपालिकाको पूर्ण बैठकबाट सहमतिसहित बिट्ठेनामै १५ शय्याको अस्पताल निर्माणको निर्णय गरिएको निवर्तमान नगर प्रमुख कृष्ण सिंह नायकले बताए।

सुरुवात देखिको जग्गा विवादको विषय अहिले उत्कर्षमा पुगेको छ। मेलौली नगरपालिका वडा न १ बासिन्दाले केशरपुर स्वस्थ्य केन्द्रलाई स्तरोन्नती गरिनुपर्ने र नयाँ बन्न लागेको १५ शय्याको अस्पताल बिट्ठेनामै बन्नुपर्ने माग गर्दै आएका छन्।

सबै प्रक्रिया पूरा गरेर ठेक्का आह्वान गर्न गरिएको परिपत्रलाई कार्यान्वयन गर्नुपर्ने मेलौली १ का जगदिश सिंह नायकले बताए। ‘पुरानो केशरपुरलाई सार्ने भन्ने होइन, उक्त अस्पताललाई पनि स्तरोन्नती गर्नुपर्छ तर पहिला जग्गा दान गर्ने विट्ठेनाबासीको भावनामा ठेस पुगाउनु हुँदैन’, उनले भने।

केशरपुर स्वास्थ्य केन्द्र स्तरबृद्धीको योजना भएको र उक्त ठाउँमा जमिनसमेत उपलब्ध गराइसकेको हुनाले केशरपुरमै १५ शय्याको अस्पताल बन्नुपर्ने वडा नं ७ का वडा सदस्य लोकमणी भट्टको दाबी छ। २०१६ सालमा स्थापना भएको केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल निर्माण गर्नुपर्ने आधार देखिएकाले अन्त सारिनु नहुने स्थानीयकेशव सिंह भाटले बताए।

दुवै क्षेत्रका स्थानीयहरूले आआफ्नै दाबी राखीरहेका कारण केहिदिन यता पालिकामा तनाव उत्पन्न भएको छ। दुवै पक्षले सडक अबरुद्ध पार्ने, तालाबन्दी गर्ने र झडपको समेत स्थिति आएको छ। यही पुस ७ गते भएको झडपमा परी करिब ३५ जना घाइते भएका थिए।

लगातारको आन्दोलनका कारण नगरपालिकाले पनि स्वास्थ्य मन्त्रालयले बिट्ठेनामै अस्पताल निर्माणका लागि ठेक्का आह्वान गर्न जारी गरेको परिपत्र कार्यान्वयन गर्न नसकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।

  • वडा बाधक
बुधबार, पुष २०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.