• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

निर्मला हत्याबारे अनुसन्धान गर्न डीआईजी सिंह कञ्चनपुरमा

  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित

काठमाडौं- निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानविन र अनुसन्धान गर्न गठन गरिएको समितिले काम थालेको छ । पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।

समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी छिन् । समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डा। राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सदस्य छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए ।

समिति गठन हुँदा बिदामा रहेकी सिंह बिदा छोट्याएर कञ्चनपुर पुगेकी हुन् । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डीएनए नमिलेपछि रिहा भएका थिए ।

निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई समातेर सार्वजनिक गरेको थियो । २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो । अनुसन्धान समितिको संयोजक तोकिएकी सिंहले त्यतिवेला पनि सो घटनाको अनुसन्धान गरेकी थिइन् ।

समिति नै समिति
निर्मला हत्या अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले शुरुमा केन्द्रिय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी नेतृत्वको टिमलाई कञ्चनपुर पठाएको थियो । ४ भदौ ०७५ मा अंगुर जिसी नेतृत्वको अनुसन्धान टोलीले दिलिप सिंह विष्टलाई पक्रेको थियो । दिलिपलाई यातना दिएको अभियोगमा अंगुर जिसी सहितका प्रहरी अधिकृतलाई प्रहरीकै अर्को समितिको सिफारिसमा कारवाही भएको थियो ।

तत्कालिन प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) धिरु बस्न्यात नेतृत्वको समितिको लामो छानविन गरेर ३ पुस ०७५ मा रिपोर्ट बुझाएको थियो । सो समितिको रिपोर्टको आधारमा सुरुवाती अनुसन्धानमा संलग्न डीएसपी अंगुर जिसी सहितका प्रहरीले गल्ती गरेको निष्कर्ष निकाल्दै थप कारावाही गर्न सुझायो ।

त्यसपछि अरु दुईवटा समिति बने । गृह मन्त्रालयले डिएनए विज्ञ जिवन रिजाल नेतृत्वमा एउटा समिति बनायो । प्रहरी प्रधान कार्यालयले तत्कालिन डीआईजी सुरज केसीको नेतृत्वमा छुट्टै पुनरावलोकन समिति गठन गर्यो । जीवन रिजाल नेतृत्वको समितिले निर्मलाको भेजिनल स्वावमा सिमेन्ट नै नभएको निष्कर्ष निकाल्दै डीएनए परीक्षण विधिबाट हत्यारा पत्ता नलाग्ने प्रतिवेदन बुझायो ।

तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरज केसी नेतृत्वको पुनरावलोकन समितीले धिरु बस्न्यात समितिको प्रतिवेदन गलत भएको निष्कर्ष निकालेको थियो । सर्वेन्द्र खनाल प्रहरी महानिरिक्षक हुँदा धिरु बस्न्यात नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगर्ने निर्णय गरेर प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गर्न खोज्यो ।

त्यतिवेला नै दिलिपसिंह विष्टको बिरुद्ध पीडित परिवारले किटानी जाहेरी दिए । किटानी जाहेरी बाहेक दिलपीले ‘कसुर स्वीकार गरेको’ भिडियो प्रहरीले थप प्रमाणको रुपमा यसअघि नै तयार पारेको थियो । तर, सरकारी वकिलले त्यतिमात्रै प्रमाणको आधारमा मुद्धा दर्ता गर्न नमिल्ने अडान राख्दै आएको छ ।

निर्मला हत्या अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरोले एउटा टिम त्यहाँ खटाइरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा वर्तमान एसएसपी गणेश चन्दले पनि कञ्चनपुरमा बसेर लामो अनुसन्धान गरेका थिए ।

 

  • सिंह कञ्चनपुरमा
बुधबार, पुष २०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.