धनगढी- कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ ले ‘वडाध्यक्ष कप’ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।पहिलोपटक ‘वडाध्यक्ष कप’ प्रतियोगिता गर्न थालिएको हो । आगामी पुस २८ गतेदेखि वडास्तरीय भलिबल तथा हाजिरी जवाफ प्रतियोगिता हुने वडा कार्यालयले जनाएको छ ।
श्री मोहनब्यास माध्यमिक विद्यालयमा सञ्चालन गर्न लागिएको खेल प्रतियोगितामा सहभागी हुने पैसा तिर्न नपर्ने वडा सचिव हिमा बुढाले बताइन् । महिला भलिबलतर्फ प्रथम हुने खेलाडीले आठ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, दोस्रोलाई पाँच हजार र तेस्रोलाई तीन हजार रुपैयाँ पुरस्कार तोकिएको छ । पुरुष भलिबलतर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई पाँच हजार रुपैयाँ पुरस्कार राखिएको कार्यालयले जानकारी दिएको छ ।













