धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले शारदा माविको भवन शिलान्यास गरेका छन् ।
धनगढी २ मा रहेको ४ कोठे विद्यालय भवनको शिलान्यास गरेका हुन् ।
उक्त विद्यालय भवन निर्माणको लागि राज्यमन्त्री रैकाले पहल गरेका थिए । सामाजिक विकास मन्त्रालयको रु ३८ लाख लागतमा सो भवन निर्माण हुन लागेको हो ।
शिलान्यास कार्यक्रममा विद्यालय प्रधानाध्यापक तेज बहादुर सिंह, शिक्षक तीर्थराज पाण्डेय, अभिभावक संघका अध्यक्ष देव बिक, सदस्य नन्दलाल साउँद लगायतको सहभागिता रहेको थियो ।













