• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

दार्चुलामा किसानले भैँसी पाल्नै छाडे

  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

दार्चुला– सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय किसानले भैँसी पाल्नै छाडेका छन्। कुनै बेला दार्चुलाका गाउँघरमा व्यावसायिक रुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन्।

केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीन भैँसी हुन्थे तर अहिले आएर तिनै गाउँमा भैँसी पाइन छाडेको छ। भैँसी दूध, दही, मही र मल उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा किसानले भैँसी पाल्न छाड्दा खेतबारीमा प्रयोग गरिने मलको अभावमा अन्नबालीमा समेत कमी आउन थालेको छ।

भैँसीपालनका लागि धेरै परिश्रम चाहिने भएकाले यसप्रति किसानको आकर्षण घट्दै गएको शैल्यशिखर नगरपालिका–५ का मदनसिंह रावलको भनाइ छ। दार्चुलाका अधिकांश किसानले भैँसी नै पाल्न छाड्नुको विशेष कारण खरी रोग पनि रहेको छ। विसं २०५३ देखि दार्चुलामा देखापरेको खरी रोगका कारण स्थानीय जातको भैँसी लोप हुने स्थितिमा पुगेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत रामबहादुर खड्का बताउँछन्।

विशेषगरी दार्चुलामा कहीँकतै भैँसीपालन गरेको देखिए पनि भैँसी एकचोटी ब्याएपछि दोस्रो वर्ष किसानले प्रति भैँसीको रु २५ देखि ३० हजार मूल्य पाउनेहुँदा मासुका लागि धनगढी पठाउने गरेका छन्।

बर्सेनी यहाँबाट एक हजार पाँच सयसम्म मासु प्रयोजनका लागि व्यापारीले धनगढी लग्ने गरेकाले पनि भैँसी लोप हुन लागेको शैल्यशिखरका पशुसेवा शाखा प्रमुख मुन्नी धामीले बताए।

खरी रोगको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले किसान दिक्क भएर भैँसी धनगढी पठाउने बाध्यता रहेको मालिकार्जुन–३ का अकबरसिंह धामीले बताए। भैँसीपालनमा बढी मेहनत गर्नुपर्ने भएका कारण धेरैजसो किसान जर्सी गाईपालनमा आकर्षित भएका छन्। जर्सी गाईले दिनमा तीन पटक गरी कम्तीमा पनि दैनिक आठदेखि १० लिटर दूध दिने गर्दछ।

भारतको बालुवा कोट, कालिका, छारछुम, डिडीहाटबाट किसानले जर्सी गाई ल्याएर व्यावसायिकरुपमा जर्सीपालन गर्ने गरेका छन्। महाकाली नगरपालिका–९ बेतका ललित भट्टले व्यावसायिकरुपमा भैँसीपालन गर्दा सफल नभएको र अहिले आएर व्यावसायिकरुपमा घरमा आठ वटा जर्सी गाईपालन गरी मासिक रु ८० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको बताए।

भैँसीपालनका लागि प्रशस्त चरन तथा आहारा अभाव र खरी रोगले पनि भैँसीपालन व्यवसाय सङ्कटमा परेको किसान गोपाल खत्री बताउँछन्। उनका अनुसार गाउँगाउँबाट व्यापारीले भैँसी तराईतिर बिक्री लैजान थालेपछि गाउँमा भैँसी पाइन छाडेको बताए। गाउँमा पुगेर सानो पाडादेखि, थार भैँसी मासु प्रयोजनका लागि तराईतिर लैजान थालेपछि भैँसी व्यवसाय सङ्कटमा परेको महाकाली–९ का वडाध्यक्ष गजेन्द्र कार्कीले बताए।

भैँसीपालन व्यवसायबाटै गुजरा गरिरहेका पनि पछिल्लो समयमा अरु नै पेसा अपनाउन थालेका छन्। यहाँका किसानले कुनैबेला परिवारका लागि लुगाफाटो किन्नुपर्दा अथवा चाडपर्व मनाउने सवालमा पनि भैँसीको घिउ बेचेर घर खर्च चलाउने गर्दथे। पछिल्लो समय भैँसीपालन छाडेर किसान अन्य पेसातर्फ आबद्ध भएका देखिन्छन्।

कुनैबेला भैँसीको घिउ रु तीन सयमा पाइन्थ्यो तर, पछिल्लो समयमा भैँसीपालनमा किसानको आकर्षण घटेपछि प्रतिकिलो रु नौ सयमा खरिद गर्नुपरेको देवथलीका स्थानीय मनिराज जोशीले बताए।

भैँसीपालन व्यवसायलाई प्रवर्द्धन गर्न स्थानीय सरकारबाट कुनै पहल नहुँदा व्यवसाय सङ्कटमा परेको स्थानीयको गुनासो छ। भैँसी नै लोप हुने अवस्थामा पुगेपछि दार्चुलाका स्थानीय तहले किसानका लागि आर्थिक सहयोग कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने किसानको माग छ। पशुसेवाका कार्यक्रम स्थानीय तहमा भए पनि प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ।

  • पाल्नै छाडे
  • भैँसी
शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.