काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अफिसियल फोटो सार्वजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले प्रचण्डले दौरा सुरुवाललगाएको पासपोर्ट साइजको फोटो सार्वजनिक गरेको हो।
नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा पद तथा गोपनीयताको शपथ लिएका थिए। यसअघि प्रधानमन्त्री हुँदा उनले कोट, पाइन्ट, टाइ र टोपी लगाउँदथे।
यसपटक भने सरकारकै निकायले दौरा सुरुवाल सेटको पासपोर्ट साइजको फोटो सार्वजनिक गरेको हो। जनयुद्धताका माओवादीले दौरा सुरुवाल र टोपीलाई एकात्मक राज्य सत्ता र सामन्तवादी राजतन्त्र र राज्यव्यवस्थासँग जोडेर व्याख्या गर्दै आएको थियो। तर अहिले धेरै नेताहरूले यही पोसाक लगाउन थालेका छन्।













