काठमाडौं- पुस २५ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शुक्रवार आह्वान गरेको सर्वदलीय बैठकले २५ र २६ गते बस्ने बैठकको सम्भावित कार्यसूची तय गरेको हो ।
नेकपा एमालेकी सांसद विद्या भट्टराईले अधिवेशन शुरू हुने पहिलो दिनको बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिइन् । २६ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ ।
प्रतिनिधिसभाको नयाँ नियमावली नबन्दासम्म यसअघिको व्यवस्थाअनुसार बैठक सञ्चालन गर्ने सहमति भएको उनले जानकारी दिइन् । प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते शुरू हुँदैछ ।













