धनगढी – कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधनमा नेपाली काँग्रेस कैलालीले शोक व्यक्त गरेको छ ।
शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वर्गीय कलेलको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको र उनको निधनप्रति शोक व्यक्त गरेको हो ।
पार्टीले कलेलको शोकमा आईतबार एक दिन पार्टीको झण्डा आधा झुकाउने र जिल्ला पार्टी कार्यालयमा शोक पुस्तीका राख्ने जनाएको छ ।
प्रमुख कलेलको आईतबार बिहान ११ बजे उनको नीजि निवास गौरीगंगा नगरपालिका वडा नम्बर ८ बडैपुरबाट अन्तिम संस्कार गरिने छ ।
कलेजो र किड्नी सम्बन्धी समस्या भएका ५३ बर्षिय कलेलको काठमाडौस्थित विर अस्पतालमा शनिबार निधन भएको थियो ।
नेपाली कांग्रेसको तर्फबाट गौरीगंगा नगरपालिका वडा नम्बर ८ बाट वडा सदस्य निर्वाचित कलेललाई पार्टीले गत जेठ २१ गते जिल्ला समन्वय समिति प्रमुख पदमा सिफरिश गरेको थियो ।













