काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्रदान गर्नका लागि प्रतिनिधि सभामा रहेका सम्पूर्ण दल तथा स्वतन्त्र सांसदहरुलाई आह्वान गर्ने निर्णय गरेको छ ।
प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यतालिका रहे बमोजिम सो पार्टीले शनिबार बसेको कार्यालय बैठकबाट यस्तो आह्वान गरेको हो ।
यस्तै बैठकले वाम एकताका लागि वार्ता समिति बनाएको छ । बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो । वार्ता समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गिरिराजमणी पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन् ।













