काठमाडौं – ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकालले जनमुक्ति पार्टीका अध्यक्ष सिके राउतसँग भेटघाट गरेका छन् ।
ओशो तपोवनमा सन्न्यासी आनन्द अरुण र सिके राउतसँगको भेटको तस्वीर सागर ढकाल स्वयंले सामाजिक सन्जालमा राखेका छन् ।
उनले लेखेका छन्, ‘आज दिनभरि डा. सिके राउतसँग भलाकुसारी गर्यौ स्वामी आनन्द अरुणको सानिन्ध्यमा । हाम्रो आत्मा, सपना र सोच धेरै मिल्छ । दुवै एकै ठाउँबाट इन्जिनियर भयौँ, बेलायतमा करिब एउटै ठाउँमा पढ्ने मौका पायौँ र आध्यात्मिक शक्ति हुन्छ भन्नेमा विश्वास गर्छौ । धेरै आशा छ । अबको लक्ष देश बनाउने । उनको यो सन्देश अर्थपूर्ण रहेको छ ।













