धनगढी- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो नभएको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् । ‘नागरिक उन्मुक्तिको प्रमुख मुद्दा निर्दोष राजवन्दी रिहाई हो,’ उनले भनिन्, हामीलाई मन्त्री, सभामुख, उपसभामुख बन्नको कुनै हतारो छैन।’
उनले जबसम्म राजवन्दीहरु निसर्त रिहाई हुँदैनन तबसम्म नागरिक उन्मुक्ति पार्टी संघ र प्रदेशको सरकारमा सामेल सामेल नहुने बताइन् ।













