झापा – झापामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बाह्रदशी गाउँपालिका ६ डाँडास्थित चारपाने राजगड पक्की भित्री सडकमा शनिबार दिउँसो साढे १ बजे ट्याक्टरले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए।
प्र-१-०१-००१ त ८९५९ नं. को इँटा लोड भएको ट्याक्टरले बाटो क्रस गर्दै गरेका पैदल यात्री पुर्णबहादुर खातीका ४ वर्षीय छोरा फडिन्द्रलाई ठक्कर दिएको हो।
ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमा ईप्रका अनारमनिबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ।
पाँचथर हिलिहाङ गाउँपालिका(३ बस्ने २६ वर्षीय विवेक मेनेङ्बो लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।













