कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले ६ घरबाट अवैध काठ बरामद गरेको छ। जिल्लाको लालझाडीमा घरमा लुकाएको अवैध काठ वरामद गरिएको हो। सव डिभिजन वन कार्यालय लालझाडीले लालझाडी गाँउपालिका वडा नम्बर ५ देखतभूलीका ६ घरबाट अवैध काठ बरामद गरेको जनाएको छ ।
सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद भएको जानकारी दिए ।
सुविता रानाको घरबाट ६ दशमलव ८७ क्युफिट काठ चिरान, ३८ दशमलव २८ क्युफिट काठ गोलिया, मोति रानाको घरबाट १५ दशमलव १८ क्युफिट काठ चिरान, ३८ दशमलम शून्य १ क्युफिट काठ गोलिया, मोलो रानाको घरबाट ३३ दशमलव ७४ क्युफिट काठ चिरान, काली रानाको घरबाट १९ दशमलव शून्य १ क्युफिट काठ चिरान, विक्रम रानाको घरबाट २७ दशमलव १४ क्युफिट काठ र भङगी रानाको घरबाट ३२ दशमलव ९४ क्युफिट गोलिया बरामद गरिएको हो। यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













