धनगढी– कञ्चनपुरको पुनर्वासबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ । पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्तीस्थित कालोपुल नजिकै सडक किनारबाट बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले ४५ क्युफिट बराबरको सालको १२ थान गोलिया बरामद गरेको हो ।
बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय कुण्डा पचकडिया परासनमा बुझाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।















