काठमाडौं – गुल्सन झा यू–१९ क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् ।
मङ्गलवार पोखरामा बसेको क्यान बोर्ड बैठकले उनलाई आगामी महिना यूएईमा आयोजना हुने यू–१९ विश्वकप छनोटका लागि कप्तान नियुक्त गरेको हो ।
गुल्सनले कप्तानको जिम्मेवारी पाएसँगै दिपेश कँडेलले उपकप्तानको भूमिका निभाउने छन् ।
गुल्सनले सन् २०२१ सेप्टेम्बरमा यूएईविरुद्धको खेलमा राष्ट्रिय टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका थिए ।













