काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शम्शेर राणाले आफूहरु राजासहितको सनातन हिन्दुराष्ट्र कायम गरेर छोड्ने बताएका छन्। बुधवार प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै सांसद राणाले यस्तो बताएका हुन्।
उनले यो संविधानविपरित नभएको समेत बताएका छन् । ‘हामी राजासहितको सनातन हिन्दुराष्ट्र कायम गर्न आएका छौं,’ उनले भने, ‘यो व्यवस्थालाई नमान्ने भनेका छैनौं। हामीलाई आइन्दा नहेपियोस्।’















