धनगढी – बाँकेबाट पक्राउ गरिएका प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई काठमाडौँ हुँदै धनगढी ल्याइएको छ । सुरुमा सडक मार्ग हुँदै बाँकेबाट धनगढी ल्याउने तयारी गरिएको भएपनि सुरक्षा थ्रेट भन्दै विमानबाट धनगढी ल्याइएको हो ।
बाँके–धनगढी विमान नहुँदा बाँकेबाट काठमाडौँ लगेर काठमाडौँबाट चौधरीलाई श्रीएयरलाइन्सको विमानमार्फत धनगढी ल्याइएको हो ।
आजै धनगढी पुर्याइएका चौधरीलाई प्रहरीले आजको रात जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा राख्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आज थुनुवा कक्षमा राख्ने र भोली जिल्ला अदालतमा पेश गरिने बताए ।















