• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ६. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

बझाङका भुवन युट्युब हेरेरै उद्यमी बने

  •   शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित

बझाङ – सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलत रूपमा टिप्पणी गर्छन्। केही सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन्। तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बनेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ।

सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्विटरमा रातदिन नै व्यतीत गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बनेका युवा हुन् भुवन जोशी। करिब एक दशकसम्म शिक्षक पेसामा आबद्ध जोशीले युट्युबकै सहारामा गत वर्ष न्यू मालिका फुड्स एन्ड प्रोडक्ट नामक उद्योग सञ्चालनमा ल्याए।

खप्तडछान्ना गाउँपालिका–७ धर्तिवाडा बझाङका जोशीले व्यवसाय सुरु गरेको एक वर्षमै दोब्बर कमाइ गरे। स्नातक उत्तीर्ण गरेलगत्तै निजी तथा सामुदायिक विद्यालयमा अध्यापन गरेका जोशी विद्यालयमा झन्झटिलो भएर काम गर्नुभन्दा स्वतन्त्र हुन व्यवसाय गर्न चाहन्थे। दैलेखको एक निजी विद्यालयमा तीन वर्ष र अछामको एक सामुदायिक विद्यालयमा छ वर्ष काम गरेपछि उनलाई कुनै नै कुनै व्यवसायमा आबद्ध हुने सोच पलायो।

‘अब कुनै न कुनै व्यवसायमा हात हाल्नुपर्‍यो सोचिसकेको थिएँ’, उनी भन्छन्, ‘दिनभरि विद्यालयमा पढाउँदा पनि डाकै ९स्वर० सुकिहाल्ने। बिहान–बेलुका मोबाइल हेर्दैमा ठिक्क। एक दिन युट्युबमा प्रेरणादायी कथा सुन्दै गर्दा सडकबाट करोडपति भएका व्यवसायीसँग ठोक्किएँ। तिनका कुराहरू बुझ्दै जाँदा जुनसुकै पेसा व्यवसायमा पनि मेहनतले फल दिन्छ भन्ने बुझेँ र अछामबाट दसैँ बिदामा घर आएँ।’

दसैँ बिदामा घर आएको बेलामा शिक्षक पेसा छोडेर व्यवसाय गर्छुभन्दा जोशीलाई परिवारले ठाडै अस्वीकार गर्‍यो। भएको शिक्षण पेसा छाडेर व्यवसाय गर्छु भन्दै डुल्न खोजेको भन्दै कसैले पनि उनको कुरा सुन्नै चाहेन। परिवारको सुझाव बेवास्ता गर्दै जोशीले विद्यालय छाडिदिए। आफू विद्यालयमा आउन नसक्ने भन्दै प्रअलाई टेलिफोन गरे र गाउँमै बस्न थाले।

दुई–चार दिन परिवारमा नरमाइलो भयो। जोशी गडरायतिर डुलिरहे। पालिकाभरि नै डुले। बाहिरबाट ल्याएको चाउमिन महँगोमा किन्नुपर्ने व्यवसायीको गन्थन सुने। त्यसपछि उनको सोच चाउमिन उद्योगमा गयो। ‘गडरायमा चाउमिन उद्योग सञ्चालन गर्नुपर्‍यो भनेर कैलालीका उद्योगीसँग सल्लाह लिएँ’, उनी भन्छन्, ‘कैलालीबाट फर्कँदा मेसिनलगायतका सामान लिएर आएँ। युट्युब हेर्दै जडान गरेँ। त्यसरी नै सिकेँ। युट्युब हेर्दै सिक्न एक महिना नै लाग्यो। त्यसपछि चाउमिन बनाउने भइसकेँ।’

बिहान चाउमिन बनाउने र दिउँसो गडराय बजारकै होटलमा बेच्नु उनको दिनचर्या बनयो बिस्तारै व्यवसाय बढ्दै गएपछि दुई जनालाई रोजगारीसमेत दिए। गत वर्ष गडरायलाई मात्र पुग्ने चाउमिन अहिले दुई पालिकाभर जान्छ। आजभोलि दैनिक डेढ क्विन्टल चाउमिन उत्पादन गरिरहेको उनी सुनाउँछन्। जोशीको उद्योगबाट अहिले बझाङ, बाजुराका क्रमशः खप्तडछान्ना र खप्तडछेडेदह गाउँपालिकाका होटलमा चाउमिन छ्यापछ्याप्ती छ।

जोशीका अनुसार मागअनुसार चाउमिन उत्पादन गरिन्छ। ‘हामी मागअनुसार चाउमिन उत्पादन गर्छौँ। नियमित डेढ क्विन्टल हो। मागअनुसार चार–पाँच क्विन्टल पनि बनाउँछौँ’, उनले भने। बाजुरामा मात्रै जोशीले उत्पादन गरेको चाउमिन दैनिक ७०–८० केजी जान्छ। बझाङमा भने माग पुर्‍याउनै नसकेको उनी बताउँछन्। उनी बजारमा चाउमिन पुर्‍याउन पनि आफैँ जान्छन्। बिहानभर चाउमिन बनाउने र दैनिक बिक्री गर्ने गरेको उनी बताउँछन्।

तीन महिनामै असुल भयो लगानी

जोशीले चाउमिन उद्योग सञ्चालन गरेको तीन महिनामै लगानी असुल भइसकेको थियो। ‘सुरुआती तीन महिनामै लगानी असुल भइसक्यो’, उनी भन्छन्, ‘अब जति गर्न सक्यो, त्यो आफ्नै फाइदा हुन्छ, तर भने जति पुर्‍याउन सकेको छैन।’ उनका अनुसार अहिलेसम्म कतैबाट अनुदान सहयोग भने प्राप्त भएको छैन। ‘अहिलेसम्म माग गरेको ठाउँबाट केही पाइएन, अहिले पनि दुई ठाउँमा अनुदानका लागि निवेदन हालेको छु’, उनले भने, ‘अनुदान पाइयो भने उद्योग नै बढाउने थिएँ। दुई–चार जना कर्मचारीसमेत थपेर व्यवसाय बढाउने सोच छ। त्यसका लागि लागिरहेको छु।’

जोशीले उद्योग सुरु गर्दा सुरुमा रु पाँच लाख लगानी गरेका थिए। ‘सुरु गरेको एक महिनामा सिक्नै लाग्यो। अलि–अलि बिक्री पनि भयो। दोस्रो महिनाबाट भने दसैँको सिजनमा गडरायमै चाउमिन जति पनि खपत हुने भयो। त्यही दुई महिनाको आम्दानीबाट लगानी असुल भयो। अहिले हरेक महिना डेढ–दुई लाखसम्मको कारोबार भइरहन्छ’, उनी भन्छन्।

अहिले भुवनको काम देखेर परिवारमा पनि सबै खुसी छन्। ‘सुरुमा जागिर नछाड्न भनेका हौँ’, उनका दाजु वाल्मीकि जोशीले भने, ‘अहिले भने घरमै भाइले धेरै राम्रो व्यवसाय गरिरहेको छ। त्यसको कामप्रति परिवारमा सबै खुसी छन्।’

जोशी अहिले बेरोजगार युवाका लागि प्रेरणाका स्रोत भएका छन्। ‘काम गर्नेलाई यहाँ पनि राम्रै छ। यसै छान्नामा पनि चार–पाँचवटा चाउमिन उद्योग राम्रै चल्छन्। तर गर्ने मान्छे छैनन्। चाउमिनमा मात्रै नभई मिल, काठे उद्योग, तरकारी खेतीलगायतका काम गर्न सकिन्छ।’

उनले चाउमिनमा भने कम मेहनत, छोटो समयमा धेरै राम्रो उपलब्धि हुने गरेको बताए। चाउमिनमा दैनिक चार घण्टा काम गरे पर्याप्त हुने उनी बताउँछन्। ‘दैनिक चार घण्टा त मेसिनमा पिठो तयार बनाउनसम्म खटेरै काम गर्नुपर्छ। बाँकी समय त बजार डुल्ने हो। यसमा खर्च पनि दाउरा र इन्धनमात्रै लाग्छ, धेरै खर्च पनि हुँदैन’, उनी भन्छन्। रासस

  • भुवन जोशी।
शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा
जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

समाचार

सबै

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ६.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.