• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

चार करोडमा बनेको च्याम्बर प्रयोगविहीन

  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित

टीकापुर- सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि।सं। २०७६ फागुनमा निर्माणसम्पन्न भएको च्याम्बर परीक्षण गरेर बन्द भएको थियो। गत वर्ष च्याम्बर सञ्चालन गरे पनि घाटा भएपछि सञ्चालकले बन्द राखेका छन्।

च्याम्बरमा कर्णाली कृषि सेवा प्रालिका तीन जना सञ्चालकका २०र२० लाख रुपियाँको सेयर र नेपाल बैङ्क लिमिटेडको एक करोड रुपियाँ ऋण लगानी छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि एकाइको एक करोड ९० लाख रुपियाँ अनुदान पनि खर्च भइसकेको छ। च्याम्बरका नाममा ६० लाख रुपियाँको १० कट्ठा जग्गा पनि किनिएको छ।

च्याम्बरमा तीस टन क्षमताका पाँचवटा कोठा छन्। केरा पकाउन पाँच दिन लाग्ने भएकाले हरेक दिन पाकेका केरा निकाल्न पाँचवटै च्याम्बर चलाउनुपर्छ। च्याम्बर ठूलो र बजार सानो भएकाले सञ्चालन गर्न कठिनाइ भएको सञ्चालक शिलाकान्त झाले बताए । ‘तीस टन केरा स्थानीय बजारमा मात्रै खपत हुँदैन, पकाएर काठमाडौँसम्म लैजाँदा बिग्रिन थाल्यो,’ सञ्चालक झाले भने, ‘चलाउँदा घाटा हुने देखेपछि बन्द राखेका छौँ।’

मुख्य सञ्चालक भानु बजगाईंको मृत्युपछि अर्का सञ्चालक वीरेन्द्र ढुङ्गाना आफू अलग भइसकेको र लगानीको हिसाबकिताब लिन बाँकी रहेको बताए । नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख माधव महतका अनुसार प्रालिले २५ लाख रुपियाँ महसुल बुझाउन बाँकी रहेकोले लाइन काटेर कालोसूचीमा राखिएको छ।

केरा उत्पादक किसान टेकेन्द्र धामी गत वर्ष च्याम्बर चलेपछि किसानले ३५ लाख रुपियाँको केरा दिएको र मूल्य नपाएको बताए । टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले आफ्नो ठाउँमा उद्योग सञ्चालन होस् भनेर सहयोग गरेको उल्लेख गर्दै च्याम्बर सञ्चालनबारे सञ्चालकसँग छलफल गर्न बाँकी रहेको बताए ।

योजना थप्दै झा सुरुका दुई सञ्चालक निष्क्रिय भइसकेपछि एक्ला सञ्चालक शिलाकान्त झा भने च्याम्बर चलाउन नयाँ योजना थप्ने तयारीमा हुनुहुन्छ। ‘च्याम्बरमा पकाएको केरा स्थानीयस्तरमै प्रयोग गर्न केराको पाउडर बनाउने र केराको वाइन बनाउने योजना छ,’ झाले भने,’ ‘केरा छिल्ने र पेल्ने मेसिन जडान गरेर वैशाखसम्म वाइन उत्पादन गर्ने र केराको धुलोमा त्यत्तिकै मात्रामा गेडागुडीको धुलो थपेर असारसम्म बच्चाका लागि पोषण उत्पादन गर्ने तयारीमा छौँ।’ उनका अनुसार वाइन बनाउने प्लान्ट बनाउन एक करोड रुपियाँ लाग्नेछ। यसका लागि पाँच लाख रुपियाँ भारतीय कम्पनीलाई बैना दिइसकेको उनले बताए। यस क्षेत्रमा करिब ७०० बिघामा केरा खेती भइरहेको छ।

  • च्याम्बर
आइतबार, माघ २२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा
जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.