काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेको छ।
आइतबार उम्मेदवारीका लागि निर्धारित समयमा सत्ता गठबन्धनको उम्मेदवारको रुपमा अर्यालकोे मात्रै उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए।
विपक्षी कांग्रेस र एकीकृत समाजवादीले गठबन्धनबाट माओवादीको उम्मेदवार भएकाले उम्मेद्वारी दिएनन्। आइतबार अर्यालको मात्रै उम्मेदवारी परकोले सोमबार बस्ने बैठकले उनलाई निर्विरोध भएको घोषणा गर्नेछ।
अर्यालको प्रस्तावकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन्। राष्ट्रियसभाको उपाध्यक्ष एक वर्षभन्दा लामो समयदेखि खाली थियो।















