काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले वाम एकताका लागि पहल गर्ने भएको छ ।
आइतबार केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेता जगन्नाथ खतिवडाले वामपन्थी शक्तिहरूलाई एक बनाउन पहल गर्ने निर्णय भएको जानकारी दिए ।
उनले आफूहरूको प्राथमिकतामा सरकार नभएको पनि बताए । आफूहरू प्रतिपक्षमा रहेको र प्रतिपक्ष दलको भूमिकालाई सशक्त बनाइने उनको भनाइ छ । बैठकले पार्टीको संगठनलाई विस्तार गर्ने पनि निर्णय गरेको छ ।













