धनगढी – सुदूरपश्चिम प्रदेशकी मन्त्री सन्तोष शर्मा थापाले सरकारले छिट्टै पूर्णता पाउने बताएकी छन् ।
प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटीले २५ औँ स्थापना दिवसको अवसरमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले दुईरतीन दिनभित्रै सरकारले पूर्णता पाउने दावी गरिन् ।
मुख्यमन्त्री राजेन्द्र सिंह रावलले एक दुई दिनभित्र विश्वासको मत लिनेतर्फ संकेत गर्दै उनले त्यसपछि सरकारलाई पूर्णता दिएर प्रदेशको विकास र समृद्धिको यात्रामा अघि बढ्ने बताइन् ।













