अछाम- अछाममा खोलामा नुहाउँदै गर्दा भगवान् शिवको कलात्मक मूर्ति र शिवलिंग भेटिएको छ ।
कमलबजार नगरपालिका–५ स्थित सातजडा त्रिवेणीमा नुहाउने बेला पानीभित्र बालुवामुनि शिव पार्वतीको तामा पित्तलको मूर्ति र शिवलिंग फेला परेको हो ।
कमलबजार नगरपालिका वडा नं ४ चाल्सा सिरुगाडका दल बहादुर साउँदले उक्त मूर्ति र शिवलिंग फेला परेका हुन् ।
मूर्ति र शिवलिंग भेटिएसँगै सो ठाउँमा पौराणिक कालमा भगवान् शिवको ठूलो शक्ति पीठ रहेको हुनसक्ने आकलन गर्न थालिएको छ ।
उक्त त्रिवेणी आसपासमा यसअघि पनि भगवान् शिवसँग सम्बन्धित सामग्रीहरू फेला परेका थिए ।













