धनगढी – मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने आज अन्तिम दिन हो । आज सुदूरपश्चिम प्रदेशसभाको बैठक अहिले बसिरहेको छ । बैठकको सुरुमै मुख्यमन्त्री राजेन्द्र रावलले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा प्रस्ताव राखेका छन् । उनले बैठकमा जानुअघि आफूले विश्वासको मतको प्रस्ताव राख्ने बताएका थिए ।
बैठकलाई लामो सम्बोधन गरेका मुख्यमन्त्री रावलले सुदूरपश्चिम विकासको आफ्नो धारणा र दृष्किोण राखेका थिए । उनले सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्नेदेखि समाजमा रहेका कुरिती हटाउनेसम्मका योजना अगाडि सारेका थिए । उनले दलगतभन्दा माथि उठेर विकासका लागि आफूलाई मत दिन आग्रह गरे ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले आजसम्म प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । आज विश्वासको मत नपाए उनको सरकार ढल्नेछ । तर, सत्ता गठबन्धनको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय लिएपछि एमाले नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ ।













