काठमाडौं – नेकपा एमालेले सोमबार टर्की र सिरियामा गएको भूकम्पबाट १५ हजार बढीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै ७.८ म्याग्निच्युडको भूकम्प र वुधबार दिउँसोसम्म गएका ३१२ पराकम्पनबाट भएको क्षति भएको अवस्थाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले मेडिकल रेस्पोन्स टीमसहित लत्ताकपडा र आवश्यक राहत सामग्री पठाउने निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
त्यस्तै, उनले भूकम्प प्रभावितहरुको उद्दार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
‘













