काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा राष्ट्रपतिको चुनावसम्म थप कम्पन आउने टिप्पणी गरेका छन् । बिहीबार विश्वासको मत नपाएर सुदूरपश्चिममा एमालेको सरकार ढलेपछि उनको यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्, ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सु प प्रदेश सरकार पतन, यी घटनाले देश अर्को अस्थिरताको दुष्चक्रमा फस्नलागेको संकेत गर्छ। राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्छ। अर्थतन्त्रका गम्भीर संकट छदैछन्। भूराजनीति अरू तात्दैछ ।अब पनि द्वन्द कि सहमतिको बाटो ?















