धनगढी- सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका एकीकृत समाजवादीका नेता नरेश शाहीले पदभार ग्रहण गरेका छन् ।
मुख्यमन्त्री कमल शाहबाट पद तथा गोपनीयतको सपथ लिएर पदभार ग्रहण गरेका शाहीले प्रदेशको युवा उद्यमशिलता र ग्रामिण अर्थतन्त्रलाई बल प¥याउने खालको निर्णय गर्ने बताएका छन् । पदभार ग्रहण गर्दै निर्णय गर्नुपर्ने प्रचलन रहेको अवस्थामा उनले युवा उद्यमशिलता र ग्रामिण अर्थतन्त्रलाई मध्यनजर गर्ने गरी निर्णय गर्ने बताए ।
‘प्रदेशप्रतिको विश्वसनीयता बढाउने र सबै जनताको प्रदेशप्रति आकर्षण बढाउने जिम्मेवारी हामीले पूरा गर्नुपर्छ,’ उनले भने, ‘सुदूरपश्चिमबासीको आर्थिक अवस्थालाई माथि उकास्नका लागि कार्यक्रमगत कुराहरु नयाँ ल्याउँछौँ, हामी छलफलमा छौँ ।”













