धनगढी – तराईका जिल्लाहरूमा हावाहुरी चलेको छ । मौसमपूर्वानुमान महाशाखाका अनुसार हाल तराईमा सामान्य अवस्थाभन्दा तीव्र गतिको हावा चलिरहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा २० देखि ३५ नट सम्मको हावा चलिरहेको छ । यस्तो हावाहुरी आज साँझसम्म चल्ने पूर्वानुमान छ ।













