धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाटवार्ता भएको छ ।
टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मूक्ति पार्टीका संरक्षक चौधरी र मुख्यमन्त्री शाहाबीच भेटघाट भएको हो । भेटघाटमा दुई नेताबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । मुख्यमन्त्री शाहले भने चौधरीसंग सामान्य भेटघाट मात्रै भएको प्रतिक्रिया दिएका छन् ।
मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट गरेका थिए । शनिबार बिहान मुख्यमन्त्रीले चौधरीकी आमा सुनफीदेबी चौधरी र दिउँसो नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग समेत टीकापुरमा भेटघाट गरेका थिए ।













