धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ र ५ जोड्ने कैलाली खोलमा पक्की पुल बन्ने भएको छ ।
कैलाली खोला नजिकै नास्ट कलेजको पूर्व पट्टी दुई वटा वडा जोड्ने पक्की पुल बन्ने भएको हो ।
सो पुलको मंगलबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले पुलको शिलान्यास गरेका छन् ।
पुल निर्माण पछि दुवै वडावासीलाई आवतजावतमा सहजता हुने मन्त्री देउवाले बिश्वास गरे । उनले पुल निर्माण कार्यलाई तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए ।
साथै उनले अबको अपेक्षा विकासमा साझेदारी र अनियमिततामा खबरदारी भन्ने धारणा समेत अघि सारेका छन् ।













