विराटनगर – सुनसरीको बराहक्षेत्रमा १५ वर्षीया किशोरी बलत्कृत भएकी छन् । बराहक्षेत्रकी किशोरीलाई नाताले मामा पर्नेले बलात्कार गरेका हुन । घटनामा संलग्न २० वर्षीय युवालाई सप्तरीको कञ्चनपुरबाट वुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले घटनामा संलग्नलाई पक्राउ गरी मुद्दा चलाएको बताए । उनले बलात्कार गर्ने नाताले मामा पर्ने बताए । पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको ढकालले जानकारी दिए ।













