काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवमा पहिलो पटक चिकित्सक सुजन कडरिया निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न महाधिवेशनबाट कडरिया सर्वाधिक मत ल्याई केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् ।
रामेछापका स्थायी बासिन्दा डा कडरियाले काठमाडौं विश्वविद्यालयबाट डाक्टरी डिग्री प्राप्त गरेका हुन् । अनेरास्ववियुमा लामो योगदानपछि उनले यसपटक केन्द्रीय सचिवमा उम्मेदवारी दिएका थिए । सचिव पदमा डा। कडरियासहित ४८ जना प्रतिस्पर्धामा थिए ।
‘















