डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन्। आइतबार बिहान रसीस्थित माझगाउँभित्र झोलंगे पुल बनाउने क्रममा माटोमा पुरिएर जाजरकोट जिल्लामा पर्ने नलगार्ड नगरपालिका ५ का दुई युवा घाइते भएका हुन्। र स्थानीयले माटोमा पुरिएका उनीहरूलाई निकालेको घाइतेका आफन्त लक्ष्मण शाहीले जानकारी दिए।
घाइते हुनेमा नलगार्ड नगरपालिका ५ का १८ वर्षीय दिपेन्द्र शाही र २१ वर्षीय बद्री शाही रहेको आफन्त लक्ष्मण शाहीले बताए।
घाइते भएका दुईमध्ये एकजनाको घुट्टामा फलाम छड छिरेको र अर्काको युवकको खुट्टा पुरै पिसिएको शाहीले बताए। घाइतेहरूको उद्धारका लागि त्रिपुरासुन्दरी नगरपालिकाबाट एम्बुलेन्ससहित प्रहरी टोली घटनास्थलतर्फ गएको छ।













